Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जनकपुरधाममा तुलसीदास जयन्तीमा महोत्सव हुने

जनकपुरधाममा तुलसीदास जयन्तीमा महोत्सव हुने

images

इच्छाकामना न्युज

२, भाद्र २०८३
जनकपुरधाममा तुलसीदास जयन्तीमा महोत्सव हुने
images

जनकपुर। सन्त शिरोमणि गोस्वामी तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना हुन लागिएको छ । श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागेको जानकारी दिएको छ ।

सन्त तुलसीदासले रामभक्तिको माध्यमबाट सनातन धर्म, संस्कार र आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पु¥याएकाले उनको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

अध्यक्ष दासका अनुसार महोत्सवअन्तर्गत श्री रामचरितमानस नवाह पारायण पाठ, बधाई, कथा, कीर्तन तथा सत्सङ्गलगायतका कार्यक्रमहरु सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न विद्वान् तथा वक्ताहरूबाट धार्मिक तथा आध्यात्मिक प्रवचनसमेत हुने अध्यक्ष दासले बताए । भदौ ३ गते बिहान विशेष पूजा, श्री रामानन्दीय वैष्णव संघको पाठ, बधाई तथा प्रसाद वितरण कार्यक्रमका साथै दिउँसो शोभायात्रा गरिनेछ ।

अध्यक्ष दासका अनुसार सन्त तुलसी स्मारक सदन जनकपुरधाम–८ मा आयोजना हुने महोत्सवमा धार्मिक प्रवचन, रामचरितमानस पाठ, कीर्तन, सत्सङ्ग र शोभायात्रालगायतका कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन् । उनले सम्पूर्ण हिन्दू धर्मावलम्बिहरुलाई यस महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् । महात्सवमा नेपालसहित भारतबाट पनि धर्म गुरु, साधुसन्तको आगमन हुने जनाइएको छ ।

 

 
 

images
प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - १६:५९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology