देवघाट। पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) सहित १० जनाको सम्मानमा देवघाटमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

लायन्स क्लब देवघाट र लियो क्लब अफ देवघाट चौतारीको संयुक्त आयोजनामा आइतबार साँझ देवघाटको टाउनचोकमा सम्पन्न कार्यक्रममा स्थानीयवासी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेका थिए। साथै, उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

आयोजकहरूले पर्वतारोहणका माध्यमबाट नेपालको नाम विश्वभर चिनाउन योगदान पुर्याएका निर्मल पुर्जासहित हिमपहिरोमा ज्यान गुमाएका सबैप्रति सम्मान प्रकट गर्न दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको बताएका छन्।