Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

बालेन सरकारको होल्डिङ सेन्टरबाट लखेटिएका सुकुम्बासी विद्यार्थीलाई तमू विद्यार्थी छोंज धींद्वारा पौने २ लाख सहयोग

बालेन सरकारको होल्डिङ सेन्टरबाट लखेटिएका सुकुम्बासी विद्यार्थीलाई तमू विद्यार्थी छोंज धींद्वारा पौने २ लाख सहयोग

इच्छाकामना न्युज

१६, श्रावण २०८३
बालेन सरकारको होल्डिङ सेन्टरबाट लखेटिएका सुकुम्बासी विद्यार्थीलाई तमू विद्यार्थी छोंज धींद्वारा पौने २ लाख सहयोग

काठमाडौं । नेपाल तमु गुरुङ विद्यार्थी सङ्घ केन्द्रीय समितिले सुकुम्बासी तमु गुरुङ विद्यार्थी आर्थिक सहयोग अभियानअन्तर्गत संकलित १ लाख ७५ हजार रुपिँया आर्थिक सहयोग गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा सुकुम्बासी गुरुङ विद्यार्थी विश्वनाथ गुरुङ र उहाँको परिवारलाई हस्तान्तरण गरिएको हो ।

images

१५ दिनसम्म सञ्चालन गरिएको उक्त अभियानबाट सङ्कलित रकम शनिबार मित्रनगरस्थित तमु गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिको सभाहलमा आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिएको हो।

tamu-768x512.jpg

कार्यक्रममा नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष पवन गुरुङको सभापतित्व रहेको थियो भने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिका अध्यक्ष धनमान गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्का वरिष्ठ उपाध्यक्ष दिल तमु लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।

उक्त अवसरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ४ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका तमु गुरुङ समुदायका १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा उनीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका पूर्व अध्यक्ष दिल तमुलाई बधाई तथा सम्मानसमेत व्यक्त गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले शिक्षा, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताका माध्यमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको भविष्य निर्माणमा यस्ता अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए। साथै आगामी दिनमा पनि आवश्यकतामा रहेका विद्यार्थीहरूलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण १६, २०८३ शनिवार - २२:३७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology