Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय 

गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय 

images

इच्छाकामना न्युज

५, चैत्र २०७७
गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय 
images

काठमाण्डौ, ५ फागुन । नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको प्रमूख सचेतक बिसाल भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।

पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय पनि भएको उहाँको भनाई छ ।बैठकमा प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र जनवादको अभ्यासका निहुँमा अराजकता बढेको बताउनुभएको थियो । ‘जसले जानेर वा नजानेर यस्ता गतिविधि गर्नु भएको छ, पहिला उहाँहरुलाई सचेत गराउने र यस्ता गतिविधि नगर्न आह्वान गराउने, अटेर गरे स्पष्टीकरण माग्ने, त्यसो गर्दा पनि मान्दैनन् भने विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्छ ।’ ओलीको भनाई छ ।

आजको बैठकले एमाले संसदीय दलको २७ सदस्यीय बोर्ड समेत गठन गरेको छ । आजको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । 

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - १७:४७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology