Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटधाममा संयुक्त विद्यार्थी संगठनद्वारा प्राथमिक उपचार केन्द्र र हेल्प डेस्क सञ्चालन

देवघाटधाममा संयुक्त विद्यार्थी संगठनद्वारा प्राथमिक उपचार केन्द्र र हेल्प डेस्क सञ्चालन

images

इच्छाकामना न्युज

११, श्रावण २०८३
देवघाटधाममा संयुक्त विद्यार्थी संगठनद्वारा प्राथमिक उपचार केन्द्र र हेल्प डेस्क सञ्चालन
images

चितवन।पवित्र श्रावण महिनाको अवसरमा देवघाटधाममा दर्शन तथा स्नानका लागि आउने श्रद्धालुहरूको स्वास्थ्य सुरक्षा र सहज सेवालाई मध्यनजर गर्दै संयुक्त विद्यार्थी संगठन, चितवनले प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन गरेको छ।

उक्त केन्द्रमार्फत स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या, सामान्य उपचार तथा आवश्यक जानकारीको सेवा श्रद्धालुहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइने आयोजकले जनाएको छ।
कार्यक्रममा मनकामना हस्पिटलले स्वास्थ्य सेवामा सहयोग गरिरहेको छ भने जिल्ला प्रहरी कार्यालय, चितवन र देवघाट टोल विकास संस्थाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेका छन्।

श्रावण महिनाको सोमबार सञ्चालन हुने यस सेवामूलक अभियानमार्फत देवघाट आउने श्रद्धालुहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास आयोजक संयुक्त विद्यार्थी संगठन चितवनले व्यक्त गरेको छ।

images
प्रकाशित मिति :श्रावण ११, २०८३ सोमवार - १२:४१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology