Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक बस्दै

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक बस्दै

images

सिआईएन

५, चैत्र २०७७
जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक बस्दै
images

काठमाण्डौं, ५ चैत्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पुष्पलाल स्मृति प्रष्ठिानमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । पार्टीका महासचिव रामसहाय प्रसाद यावदले आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताउनुभयो ।

उहाँले आजको बैठकमा वर्तमान राजनीतिक परिस्थितिले उत्पन्न अवस्थाबाट कसरी मुलुकलाई निकास दिने, आउने दिनमा पार्टी कसरी अघि बढ्ने, पार्टी समायोजनको कुरालाई कसरी टुङ्ग्याउने लगायतका विषयमा छलफल हुने पनि जानकारी दिनुभयो । महासचिव यादवले आजको बैठकमा राजनीतिक अन्यौलताबाट मुलुकलाई निकास दिने विषयमा छलफल केन्द्रीत रहने भन्दै वर्तमान अवस्थामै सरकारमा जाने वा नजाने विषयमा पनि छलफल हुने बताउनुभयो । उहाँले दलको नेता र उपनेता चयनको विषयमा भने संसदीय दलले टुङ्गो लगाउने जानकारी दिनुभयो ।

 

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - ०९:३९:३० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology