Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी कारबाहीमा

पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी कारबाहीमा

images

इच्छाकामना न्युज

९, श्रावण २०८३
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी कारबाहीमा
images

पोखरा।कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदुषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तिब्र पारेको छ ।

‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार बिहीबार राति १८ वटा र शुक्रवार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । विशेषगरी रातको समयमा बन्दुक पड्किएको जस्तो चर्को आवाज निकाल्ने र मोडिफाइड साइलेन्सर प्रयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियानलाई थप प्रभावकारी बनाएको हो ।
 
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीकाअनुसार गत असोज २६ गतेदेखि शुरु भएको यस अभियानअन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकलमाथि कारबाही भइसकेको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई अनिवार्य रूपमा सक्कली स्वरूपमा फर्काउन लगाइएको छ । यसका साथै, यातायात व्यवस्था कार्यालयमार्फत २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ ।
उहाँकाअनुसार, एउटा मात्र मोटरसाइकलले पनि सहरको ठूलो क्षेत्रलाई आतङ्कित पार्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय रहनेछ । प्रहरीले यो समस्या समाधानका लागि सर्वसाधारणसँग पनि सहयोगको अपिल गरेको छ । आफ्नो टोल वा छिमेकमा चर्को आवाज निकाल्ने वा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा त्यसको फोटो वा नम्बर प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।
प्राप्त सूचनाका आधारमा प्रहरीले घरमै पुगेर वा यातायातको अभिलेख हेरेर भए पनि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरिरहेको यो अपरेसनले पोखराको ध्वनि प्रदूषण नियन्त्रण र सडक सुरक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास लिइएको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - १४:३९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology