Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अब सेल्फी भिडियोबाटै फेसबुकमा निःशुल्क भेरिफाइड चेकमार्क

अब सेल्फी भिडियोबाटै फेसबुकमा निःशुल्क भेरिफाइड चेकमार्क

images

इच्छाकामना न्युज

९, श्रावण २०८३
अब सेल्फी भिडियोबाटै फेसबुकमा निःशुल्क भेरिफाइड चेकमार्क
images

काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अन्तरक्रिया गरिरहेको अकाउन्ट वास्तविक हो कि एआई सिर्जित हो भन्ने पहिचान गर्न सहज बनाउने उद्देश्यले नयाँ फिचर सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले ‘फेसबुक भेरिफाइड’ नामक निःशुल्क भेरिफाइड ब्याज सुरु गरेको हो । 

कम्पनीका अनुसार प्रयोगकर्ताले छोटो सेल्फी भिडिओ पठाएपछि यो चेकमार्क लिन सक्छन् । एआई प्रविधिको बढ्दो विकाससँगै नक्कली प्रोफाइल, वास्तविक देखिने तस्बिर र स्वचालित कुराकानी तयार पार्न सजिलो भइरहेको समयमा फेसबुकले यो कदम चालेको हो । नयाँ ब्याजको मुख्य उद्देश्य अनलाइन अन्तरक्रियालाई थप विश्वसनीय बनाउनु रहेको फेसबुकले जनाएको छ । विशेषगरी अपरिचित व्यक्तिसँग जोडिनुपर्ने क्षेत्रमा यसको भूमिका महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ ।

सार्वजनिक व्यक्तित्व वा सशुल्क सब्सक्रिप्सनसँग जोडिएका परम्परागत ब्लु टिक (भेरिफिकेसन ब्याज) भन्दा फरक यो ‘फेसबुक भेरिफाइड’ ब्याज साधारण प्रयोगकर्ताका लागि लक्षित गरी डिजाइन गरिएको हो । यो ब्याज पाउनका लागि योग्य प्रयोगकर्ताहरूले एउटा छोटो सेल्फी भिडिओ रेकर्ड गर्नुपर्ने हुन्छ । उक्त भिडिओलाई फेसबुकले प्रोफाइलमा भएका तस्बिरसँग तुलना गरेर सम्बन्धित अकाउन्ट वास्तविक व्यक्तिकै हो भनी पुष्टि गर्नेछ ।

कम्पनीका अनुसार यो प्रमाणीकरण प्रक्रिया पूर्ण रूपमा निःशुल्क छ र सामान्यतया यसका लागि केही मिनेट मात्र लाग्नेछ । यद्यपि, यो ब्याज पाउन प्रयोगकर्ताले फेसबुकको ‘ट्रस्ट एन्ड सेफ्टी’ सम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । जसमा ठगी, स्क्याम वा अन्य कुनै पनि प्रकारका भ्रामक गतिविधिमा संलग्न नभएको हुनुपर्नेछ ।

हाल यो सुविधा १८ वर्ष वा सोभन्दा बढी उमेरका र राम्रो रेकर्ड भएका व्यक्तिगत अकाउन्टका लागि मात्र उपलब्ध गराइएको फेसबुकले जनाएको छ । फेसबुक पेज वा ‘प्रोफेसनल मोड’ प्रयोग गरिरहेका प्रोफाइलका लागि भने यो सेवा उपलब्ध हुने छैन ।

एक पटक अकाउन्ट प्रमाणित भइसकेपछि यो ब्याज प्रोफाइल, फेसबुक मार्केटप्लेस, डेटिङ प्रोफाइल र ग्रुप जस्ता व्यक्तिको वास्तविक पहिचान आवश्यक पर्ने ठाउँमा देखिनेछ । कम्पनीका अनुसार छिट्टै यस ब्याजलाई फेसबुक फिडका पोस्टमा पनि विस्तार गरिनेछ । प्रयोगकर्ताले एक पटक मात्र प्रमाणीकरण प्रक्रिया पूरा गरे पुग्ने र त्यसपछि कुनै अतिरिक्त शुल्क बिना नै यो ब्याज फेसबुकका विभिन्न स्थानमा देखिने फेसबुकले जनाएको छ ।

यो ब्याजले सम्बन्धित अकाउन्ट वास्तविक व्यक्तिको हो भनी पुष्टि गरे तापनि फेसबुकले यसको अर्थ प्लेटफर्मले उक्त प्रयोगकर्ताको व्यवहारलाई अनुमोदन वा ग्यारेन्टी गरेको भने नहुने स्पष्ट पारेको छ । प्रमाणित भएका अकाउन्टले पनि फेसबुकको कम्युनिटी स्टान्डर्ड्स र व्यापारिक नीति अनिवार्य पालना गर्नुपर्नेछ । वास्तविक व्यक्तिले पनि प्लेटफर्मको नियम उल्लंघन गर्न सक्ने भएकाले यो प्रमाणीकरणलाई व्यवहारको ग्यारेन्टीका रूपमा लिन नसकिने फेसबुकको भनाइ छ ।

फेसबुकले भनेको छ, “फेसबुक भेरिफाइड ब्याजको अर्थ यो प्रोफाइल एक वास्तविक व्यक्तिको हो, जसले सेल्फी प्रमाणीकरण पूरा गरेको छ र हाम्रो विश्वास तथा सुरक्षा मापदण्ड पूरा गरेको छ ।” फेसबुकका अनुसार यस फिचरलाई हाल चरणबद्ध रूपमा लागू गरिँदैछ । सुरुवाती चरणमा केही निश्चित देशबाट गरिनेछ भने पछि विश्वभर विस्तार गरिनेछ । नेपालमा भने यो फिचर हालसम्म उपलब्ध भइसकेको छैन ।

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - १३:४२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology