जनकपुर।धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं।६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुबै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ ।
साथै उनीहरुबाट २ थान मोबाईल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ ।