Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखा सहिदलखनको लाखेडाडाबाट गाजासहित इभि कार र ३ युवा पक्राउ

गोरखा सहिदलखनको लाखेडाडाबाट गाजासहित इभि कार र ३ युवा पक्राउ

images

इच्छाकामना न्युज

७, श्रावण २०८३
गोरखा सहिदलखनको लाखेडाडाबाट गाजासहित इभि कार र ३ युवा पक्राउ
images

गोरखा । गोरखा लागुऔषध गाँजासहित ईभी कार र तीन जना पक्राउ परेका छन् । सहिदलखन गाउँपालिका वडा नं ७ लाखेडाँडास्थित चेकपोइन्टमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध गाँजासहित एक थान ईभी (इलेक्ट्रिक भेहिकल) कार र त्यसमा सवार तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यहीँ साउन १ गते साँझ करिब ७ बजेको समयमा नामजुङ क्षेत्रबाट गोरखा बजार तर्फ तीव्र गतिमा आउँदै गरेको ग ४ च २४२८ नम्बरको ईभी कारलाई प्रहरीको टोलीले चेकजाँचका क्रममा गाँजासहित उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार, उक्त गाडीमा सवार व्यक्तिहरूको साथबाट अन्दाजी ४२५ ग्राम लागुऔषध गाँजा फेला परेको थियो।

पक्राउ पर्नेमा ,गोरखा नगरपालिका–४ फिनाम घर भएका ३० बर्षीया कारचालक अमृत बयलकोटी, वडा नम्बर ९ ठिगुरेश्वारा घर भएका ३० बर्षीया प्रवेश कुँवर र २९ बर्षका सुवास दवाडी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय तथा सम्बन्धित प्रहरी इकाइको हिरासतमा राखिएको छ। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।

गाँजा कसले, कहाँबाट ल्याएको थियो र कहाँ लैजान लागेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइएको जनाएको छ। गोरखामा लागुऔषधको कुलत तथा यसको अवैध ओसारपसार बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा जाँचमा कडाइ गर्दै आएको छ।

images
प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १८:१९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology