Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप

सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप

images

इच्छाकामना न्युज

७, श्रावण २०८३
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप
images

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा हिँडेको भन्दै चर्को आलोचना गर्नुभयो । उहाँले संविधान निर्माणमा भुमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री साहले आत्मालोचना नगरेको तथा सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन र प्रमाणित गर्न खोजेको विषयमा अझै गम्भीर र सोचनीय रहेको बताउनु भयो । उहाँले सरकारले समाजलाई विभाजित गर्दै राज्य फाँसीवादउन्मुख दिशातर्फ अगाडि बढेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्था र संविधानको मूल्यमान्यता नै सिध्याउने गरि अघि बढिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणको लागि संविधान निर्माणमा भुमिका खेल्ने मुख्य दलहरुको भुमिका र दायित्वको विषयमाा हामीले गम्भीरतापूर्वक सोचेर अघि बढ्न्पर्ने बेला भएको छ । किनभने अहिले नेपालमा दुई वटा गम्भीर संकट र खतरा उत्पन्न भएको छ । एउटा, नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भइराखेको छ । राष्ट्रिय स्वाधिनतामाथि संकटको स्थिति उत्पन्न भइराखेको छ ।
देशको प्रधानमन्त्रीले नै संसदको रोस्ट्रममा उभिएर नेपालले अर्को देशको भूमि धेरै ठाउँमा मिचेको छ भनेर सरासर झुट कुरा गर्छ र यो गैरजिम्मेवार, आपत्तिजनक, राष्ट्रघाती, घातक अभिव्यक्तिको बारेमा अहिलेसम्म आत्मालोचना गरिएको छैन । यो गम्भीर कुरा हो । सत्तारुढ पार्टीका सांसद र नेताहरु त्यसै अभिव्यक्तिप्रति समर्थन गर्दै ताली ठोक्छन् र त्यस पछाडि नेपालले भारतको भूमि कहाँकहाँ मिचेको छ रु भनेर प्रमाण खोज्दै हिँडिरहेका छन् । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा,नेपालको राष्ट्रिय स्वाधिनताको आन्दोलनको इतिहासमा, नेपाली समाजलाई यति घातक ढङ्गले राष्ट्रिय स्वाधिनताको सवालमा विभाजित गर्ने काम कहिल्यै भएको थिएन, त्यसकारण गम्भीर संकट उत्पन्न भएको छ । यसले फाँसीवादउन्मुख दिशातिर राज्यलाई लैजान खोजिएको छ भने अर्कोतिर राष्ट्रघातको दिशातिर देशलाई अगाडि बढाउन खोजिँदै छ ।
फाँसीवाद खाली निरङ्कुश तन्त्र मात्रै होइन, फाँसीवाद सरकारले गरेको राष्ट्रघात र गलत कामकारवाहीको पक्षमा उभिने गरी तयार गर्ने र राज्यलाई त्यसको बल प्राप्त हुने स्थितिले फाँसीवाद पैदा गर्छ । नेपाल त्यसकारण फाँसीवादतिर उन्मुख हुँदै गइरहेको छ ।’उहाँले राष्ट्रिय स्वाधिनता र व्यवस्थाको रक्षाको लागि सबै देशझक्त, बामपन्थीहरु एकीकृत हुन आवश्यक रहेको बताउनु भयो ।

images
प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १६:५२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology