काठमाडौं। प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।
उनले आयात–निर्यातको प्रक्रिया, बजारमा भइरहेको चोरी पैठारी नियन्त्रण, दक्ष जनशक्तिको अभावलगायतका विषयमा सरकारको सहयोग आवश्यक रहेको भन्दै यी सबै विषयमा सकारात्मक छलफल भएको जानकारी दिए।अध्यक्ष बञ्जाडका अनुसार प्रधानमन्त्रीले उद्योगीका समस्यालाई गम्भीरतापूर्वक लिँदै तत्काल गर्न सकिने कामहरू शीघ्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने,‘समग्र रूपमा हामीले आयात–निर्यातदेखि लिएर बजारमा भइरहेको चोरी पैठारी, हामीसँग रहेको दक्ष जनशक्तिको समस्या तथा फुटवेयर उद्योगसँग सम्बन्धित विभिन्न विषयवस्तु उठाएका थियौं। ती सबै विषयमा प्रधानमन्त्रीज्यूसँग विस्तृत छलफल भयो। छलफल सकारात्मक रह्यो। प्रधानमन्त्रीज्यूले पनि हामीले उठाएका विषयलाई सकारात्मक रूपमा लिनुभएको छ र तत्काल गर्न सकिने कामहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।’ उनले उक्त छलफल जुत्ता उद्योगको प्रवद्र्धन र उद्योगीका समस्या समाधानतर्फ सकारात्मक सुरुआत भएको विश्वास व्यक्त गरे।