Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

गणेश नेपाली मृत्यु प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो

गणेश नेपाली मृत्यु प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो

images

इच्छाकामना न्युज

२६, आषाढ २०८३
गणेश नेपाली मृत्यु प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो
images

काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार वीर अस्पताल परिसरमा प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ।

प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युको घटनाप्रति सरकार जिम्मेवार रहेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ। घटनापछि अस्पताल परिसरमा प्रदर्शन भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ २६, २०८३ शुक्रवार - १५:१६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology