Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेकपा एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै 

नेकपा एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै 

images

इच्छाकामना न्युज

४, चैत्र २०७७
नेकपा एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै 
images

काठमाण्डौ, ४ चैत । सर्वोच्च अदालतले एकीकृत नेकपालाई ब्युत्याइँदिएपछि नेकपा एमालेमा विवाद उत्कर्समा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल तथा माधव कुमार नेपाल गरी अहिले एमालेमा दुई गुटको विवाद उत्कर्समा पुगेकोहो । विवादकाबीच खनाल–नेपाल समूहले आजदेखि राष्ट्रिय भेला  ललितपुरमा सुरु गर्न लागेको छ ।

पर्सीसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता–कार्यकर्ताहरु भने आज काठमाडौं आइपुग्ने छन् ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले आज छुट्टै भेला गर्न लागेको हो ।

खनाल–नेपाल समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाउनुभएका थियो। तर, कुरा मिल्न नसकेपछि खनाल–नेपाल समूहले आजदेखि भेलाको आयोजना गर्न लागेको हो । भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै भेला नगर्न खनाल–नेपाल पक्षलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीको नाममा खनाल–नेपालपक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी समेत दिनुभएको छ ।  

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १०:१०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology