Logo

बुधवार, मंसिर ३ गते २०८३

images
२०८३, मंसिर ३ गते
images

चितवनको बैष्णब रेस्टुरेन्टमा सागमा शंखेकिरा भेटिएपछि प्रशासनले लगायो ताला

चितवनको बैष्णब रेस्टुरेन्टमा सागमा शंखेकिरा भेटिएपछि प्रशासनले लगायो ताला

images

इच्छाकामना न्युज

२३, आषाढ २०८३
चितवनको बैष्णब रेस्टुरेन्टमा सागमा शंखेकिरा भेटिएपछि प्रशासनले लगायो ताला
images

भरतपुर। चितवनको भरतपुरस्थित बैष्ठब रेष्टुरेन्टमा खाना खानेक्रममा सागमा शंखेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालयले रेष्टुरेन्टमा ताला लगाएको छ । रेष्टुरेन्टमा खाना खान पुगेका सेवाग्राहीले सागमा शंखेकिरा फेला परेपछि प्रशासनलाई खबर गरेका थिए । त्यस लगत्तै प्रशासनको टोलीले अनुगमन गरेको थियो।

अनुगमनका क्रममा रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तर पनि कमजोर देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले नारायणी अनलाइनलाई जानकारी दिनुभयो। उहाँका अनुसार रेष्टुरेन्टलाई तत्कालका लागि बन्द गरिएको छ।

आवश्यक सुधारका लागि प्रतिबद्धता जनाउने, तोकिएको जरिवाना बुझाउने तथा मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइनेछ,उहाँले भन्नुभयो । प्रशासनले खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र उपभोक्ता सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।

images
प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - १५:५३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology