Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

‘फलानाको दाजु–बहिनी’ भर्तीप्रति सङ्ग्रौलाको कटाक्ष

‘फलानाको दाजु–बहिनी’ भर्तीप्रति सङ्ग्रौलाको कटाक्ष

images

इच्छाकामना न्युज

२३, आषाढ २०८३
‘फलानाको दाजु–बहिनी’ भर्तीप्रति सङ्ग्रौलाको कटाक्ष
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले पार्टीभित्र परिवारवाद र नातावादको छायाँ देखिन थालेको भन्दै आफ्नो पार्टीको  ध्यानाकर्षण गराएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले रास्वपाले परिवारवाद र नातावादलाई विधानमै निषेध गरेको निर्णय नेपाली राजनीतिका लागि एउटा सकारात्मक सुरुवात भए पनि व्यवहारमा त्यस्तो नदेखिएको संकेत गरेकी हुन् । 



बेलाबेलामा सञ्चारमाध्यममा रास्वपाका नेताका दाजु, बहिनी वा आफन्तहरू विभिन्न जिम्मेवारीमा आएको भन्ने समाचार सार्वजनिक हुने गरेको उल्लेख गर्दै उनले यसबाट जनतामा स्वाभाविक रूपमा प्रश्न उठेको बताएकी छन् ।

सांसद सङ्ग्रौलाले यदि परिवर्तनलाई व्यवहारमै प्रमाणित गर्ने हो भने कुनै पनि पद, जिम्मेवारी वा अवसर व्यक्तिको क्षमता, इमानदारी र योगदानका आधारमा तय हुनुपर्ने स्पष्ट पारेकी छन् । पारिवारिक सम्बन्धका आधारमा कसैले पनि जिम्मेवारी पाउन नहुने उनको तर्क छ । उनले रास्वपाले आफ्नो विधानको मर्मलाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।
 
उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘परिवर्तनको वास्तविक मापन भाषणले होइन, व्यवहारले हुन्छ । परिवारवादको सानो छायाँसमेत देखिन नदिने राजनीतिक संस्कार नै नयाँ राजनीतिको सबैभन्दा बलियो उदाहरण हो । यो उदाहरणमा रास्वपा खरो उत्रनै पर्छ !’ रास्वपाले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहक दाबी गरिरहँदा आफ्नै सांसदबाट आएको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - १४:५१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology