काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ईद अल अधा–२०२६ को शुभ अवसरमा १११ जना नेपाली नागरिकलाई शाही माफी दिएको छ।
माफी पाएका नेपाली नागरिकहरूले यदि उनीहरूमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्किन सक्नेछन्। परराष्ट्र मन्त्रालयले युएई सरकारको यस मानवीय निर्णयले दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।