Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का

कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का

images

इच्छाकामना न्युज

२२, आषाढ २०८३
कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का
images

सुर्खेत । कर्णाली नदी अन्तर्गत कैलाली क्षेत्रमा दुई वटा शव भेटिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार, भेटिएका शवमध्ये एक जना १७–१८ वर्षको महिला र ३०–३५ वर्ष उमेर समूहको पुरुष रहेका छन् ।

यद्यपि पहिचान र सनाखत हुन भने बाँकी छ । पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका—६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको हो भने महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भएको घर्तीले बताए ।

‘इप्राका चिसापानीले हामीलाई केही समयअघि मात्रै जानकारी दिएको हो,’ उनले भने, ‘महिलाको शवको कुरा गर्दा सिर्जना खड्काको हो कि भन्ने अनुमान गरिएको हो ।’बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।
 
गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो । गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका—९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । त्यस बाहेक गाडी र चार जना यात्रुको अवस्था अज्ञात छ ।
गाडीसँगै बेपत्ता हुनेमा कालिकोटकै पचालझरना–९ कामेखे तिरुवा, रास्कोट नगरपालिका—२ का सिर्जना खड्का र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका—८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदी रहेका छन् ।
चालक र सहचालक दुई दाजुभाइ हुन् । ३ वटै सुरक्षा निकायले खोजी कार्य जारी राखेका छन् । 

images
प्रकाशित मिति :आषाढ २२, २०८३ सोमवार - १३:१४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology