नुवाकोट।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् ।
त्यसैगरी, उनीहरूले बाल सुधार गृहभित्र नियमित मनोसामाजिक परामर्श सेवा प्रभावकारी बनाउन, पारिवारिक भेटघाटको व्यवस्था सहज र व्यवस्थित बनाउन तथा पुनस्र्थापनामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए। बालबालिकाले विद्यमान कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संशोधन आवश्यक रहेको विषयसमेत मन्त्रीसमक्ष राखेका थिए।
निरीक्षणका क्रममा मन्त्री बादीले बाल सुधार गृहको सञ्चालनमा देखिएका आवश्यकता तथा चुनौतीहरूको समीक्षा गर्दै सुधारगृहसम्म पुग्ने बाटोको स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि आवश्यक बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणलगायत विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।