Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको विरोध, कारबाही नभए काम ठप्प पार्ने चेतावनी

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको विरोध, कारबाही नभए काम ठप्प पार्ने चेतावनी

images

इच्छाकामना न्युज

१८, आषाढ २०८३
प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको विरोध, कारबाही नभए काम ठप्प पार्ने चेतावनी
images

भरतपुर।चितवनको इच्छाकामना गाउँपालिकाका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यालयभित्र भएको सामूहिक आक्रमणको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

गाउँपालिकाका सम्पूर्ण कर्मचारी परिवारद्वारा जारी विज्ञप्तिअनुसार, बिहिबार बिहान करिब ११ बजे गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि कालिका २ पदमपुरको किंगफिसर कन्सट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङसहित ६ जनाको समूहले कार्यालयमै प्रवेश गरी सामूहिक आक्रमण गरेको जनाइएको छ ।

विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नुका साथै परिवारलाई समेत नछाड्ने धम्की दिएको भन्दै उक्त घटनालाई कार्यालयभित्र भएको गम्भीर आपराधिक घटना भन्दै भर्त्सना गरिएको छ । दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग कर्मचारीले माग गरेका छन ।
cbd768ef-b6b5-4f04-8def-20fb4b015d3c.jfif
विज्ञप्तिमा कार्यालय समयमै प्रशासनिक नेतृत्वमाथि भएको आक्रमणले कर्मचारीहरूको सुरक्षा र मनोबलमा गम्भीर असर परेको उल्लेख गर्दै दोषीमाथि आवश्यक कानुनी कारबाही नहुँदासम्म कार्यालयको नियमित कामकाज गर्न नसकिने उल्लेख गरिएको छ। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा कर्मचारीहरूले सुरक्षित वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। उक्त विज्ञप्तिमा गाउँपालिकाका कर्मचारीहरूको सामूहिक हस्ताक्षर रहेको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०८३ बिहिवार - १४:१७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology