Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा

महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा

images

इच्छाकामना न्युज

१७, आषाढ २०८३
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । चितवनमा भएको पहिलो महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूले बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम सकिएपछि बैठक सुरु भएको हो । 

बैठकमा पेस हुने एजेन्डाबारे केही थाहा नभएको केन्द्रीय सदस्य कुशुम श्रेष्ठले जानकारी दिइन् । सभापति रवि लामिछानेले निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई शपथ गराएका थिए ।

विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । विधान अनुसार तीमध्ये ५१ जना सभापतिले मनोनयन गर्नेछन् ।

images
प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - १३:४३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology