Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मगर समुदायको कला र प्रतिभालाई प्रोत्साहन गर्न मगर एकल अनलाईन नृत्य प्रतियोगिता हुने

मगर समुदायको कला र प्रतिभालाई प्रोत्साहन गर्न मगर एकल अनलाईन नृत्य प्रतियोगिता हुने

इच्छाकामना न्युज

३, चैत्र २०७७
मगर समुदायको कला र प्रतिभालाई प्रोत्साहन गर्न मगर एकल अनलाईन नृत्य प्रतियोगिता हुने
images

तनहुँ, ३ फागुन । मगर समुदायको कला र प्रतिभालाई प्रोत्साहन तथा मगर भेषभुषा, भाषा, संस्कार, संस्कृति संरक्षण गर्ने प्रमुख उद्देश्यका साथ अन्तराष्ट्रिय रुपमा मगर एकल अनलाईन नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल मगर परिवार ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाईन नृत्य प्रतियोगिता आयोजना हुन लागेको हो।

images
images

प्रतियोगिता यहि चैत ७ गते बाट सुरु हुनेभएको छ। प्रतियोगितामा विजयी हुनेले १ लाख नगद र सम्मानपत्र पाउनेछ। यस्तै द्वितीय हुनेले ५० हजार नगद र सम्मानपत्र, तृतीय हुनेले ३० हजार नगद र सम्मानपत्रका साथै सान्त्वना हुनेले २० हजार नगद र सम्मानपत्र पाउनेछ। पुरस्कारको प्रायोजन रामेछाप घर भै काठमाण्डौ निवासी पवित्रा आले मगरले स्वर्गीय छोरो भुवन आले मगरको सम्झनामा गरेका छन्। 

यसैगरी प्रतियोगिताको निर्णायक मण्डलमा मगर फिल्मका नायिका बिना थापा मगर, नायक भुवन थापा मगर, नृत्यकार शेखर घर्ती मगर र नेशन सुस्लिङ्ग मगर रहेका छन्।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २२:५२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology