Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

अमेरिका र इरानबीच फेरि आक्रमणः कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण

अमेरिका र इरानबीच फेरि आक्रमणः कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण

एजेन्सी

१६, आषाढ २०८३
अमेरिका र इरानबीच फेरि आक्रमणः कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आईआरजीसी) ले आइतबार बिहान कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमण हालै इरानका पाँच तटीय चौकीमा भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको आईआरजीसीले जनाएको छ ।
    
आईआरजीसीको आधिकारिक समाचार माध्यम ‘सेपाह न्यूज’मा प्रकाशित विज्ञप्तिअनुसार कुवेतस्थित अली अल सलेम वायुसेना आधार र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित आठ सैन्य पूर्वाधारलाई लक्षित गरी संयुक्त आक्रमण गरिएको हो ।
    
विज्ञप्तिमा अमेरिकी सेनाले आइतबार बिहान आइआरजिसीको नौसैनिक जहाजसँग भएको भिडन्तलाई बहाना बनाएर इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको आरोप लगाइएको छ ।
    
आइआरजिसीले अबदेखि ‘स्ट्रेट अफ हर्मुज’बाट अनधिकृत रूपमा आवतजावत गर्ने जहाजमाथि अझ कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, कुनै पनि सम्भावित आक्रमणको कडा जवाफ दिइने पनि जनाएको छ ।
    
आईआरजिसीले युद्धबिराम उल्लङ्घन हुनु इरान र संयुक्त राज्य अमेरिकाबीच हालै भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू)को उल्लङ्घन भएको दाबी गर्दै यसले कूटनीतिक प्रक्रियालाई प्रभावित पार्नसक्ने चेतावनी दिएको छ । उसले उक्त समझदारीअनुसार ‘स्टे«ट अफ हर्मुज’मा समुद्री यातायात व्यवस्थापनको जिम्मेवारी इरानको रहेको पनि दाबी गरेको छ ।

images

images
प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - ०६:३१:३२ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology