नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ। आइतबार तोलामा चार हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय १० रूपैयाँमा किनबेच भइरहेको छ।