Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाको बेरुजु बर्सेनी बढ्दै, अघिल्लो भन्दा पछिल्लो वर्ष दोब्बरले बढ्यो

आँबुखैरेनी गाउँपालिकाको बेरुजु बर्सेनी बढ्दै, अघिल्लो भन्दा पछिल्लो वर्ष दोब्बरले बढ्यो

इच्छाकामना न्युज

१५, आषाढ २०८३
आँबुखैरेनी गाउँपालिकाको बेरुजु बर्सेनी बढ्दै, अघिल्लो भन्दा पछिल्लो वर्ष दोब्बरले बढ्यो
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेरुजु वर्षेनी बढ्दै गएको पाईएको छ । पछिल्लो तीन आर्थिक वर्षको बेरुजुको तथ्याङ्कलाई हेर्दा अत्याधिक मात्रामा बेरुजु बढ्दै गएको पाईएको हो । 

images
images

महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो आर्थिक वर्ष २०८१।०८२ को लेखापरीक्षण प्रतिवेदन असार ४ करोड २ लाख १८ हजार ८ सय १ रुपैयाँ बेरुजु देखाएको छ । जुन रकम अघिल्लो वर्ष भन्दा दोब्बर बढि हो ।

महालेखाको प्रतिवेदनलाई हेर्दा अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा १ करोड ८४ लाख ६३ हजार ६ रुपैयाँ बेरुजु देखिएको छ । जस अनुसार पछिल्लो वर्ष झण्डै दोब्बर अर्थात २ करोड १७ लाख ५५ हजार ७ सय ५५ रुपैयाँ बढि बेरुजु देखिएको हो । 

यस्तै महालेखाकै प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९।०८० मा ८५ लाख ४५ हजार बेरुजु देखिएको थियो । यसरी आँबुखैरेनी गाउँपालिकाको पछिल्लो ३ आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनलाई विश्लेषण  गर्दा गाउँपालिकाको बेरुजु ग्राफ बर्सेनी बढ्दै गएको पाईएको हो । जसले गर्दा आँबुखैरेनी गाउँपालिका आर्थिक अनुशासन कमजोर देखिएको हो । 

यो पछिल्लो ३ आर्थिक वर्ष नयाँ जनप्रतिनिधि आएपछिको अवस्था रहेको छ । 

images
प्रकाशित मिति :आषाढ १५, २०८३ सोमवार - १०:०४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology