Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

पहिरो पन्छाइएपछि शक्तिखोर–मायाटार सडक पुनः सञ्चालन,सतर्कता अपनाउन आग्रह

पहिरो पन्छाइएपछि शक्तिखोर–मायाटार सडक पुनः सञ्चालन,सतर्कता अपनाउन आग्रह

images

इच्छाकामना न्युज

१४, आषाढ २०८३
पहिरो पन्छाइएपछि शक्तिखोर–मायाटार सडक पुनः सञ्चालन,सतर्कता अपनाउन आग्रह
images
चितवन– अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध बनेको शक्तिखोर–मायाटार सडक पुनः सञ्चालनमा आएको छ। हिजो राति अबेरसम्मको प्रयासपछि सडक सञ्चालनमा ल्याइए पनि पुनः पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको थियो। आइतबार कालिका नगरपालिकाको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि सवारी आवागमन पुनः सुचारु भएको हो।
 
सडक सञ्चालनका लागि कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको समन्वयमा नगरपालिकाको मेसिन परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय जुटपानीबाट खटिएको प्रहरी टोली, वडा नं. ९ का अध्यक्ष तथा स्थानीयवासीको संयुक्त प्रयासमा सडक खुलाइएको हो।
 
यद्यपि निरन्तर वर्षा भइरहेकाले उक्त सडक खण्डमा पहिरोको जोखिम अझै कायम रहेको भन्दै सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्दा उच्च सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेका छन्।

images
प्रकाशित मिति :आषाढ १४, २०८३ आइतवार - १५:५५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology