चितवन। चितवन जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सम्मानित भएका छन् । ढकाललाई नेपाल तेक्वान्दो संघ चितवन शाखाले आज (बिहीबार) नगदसहित सम्मान गरेको हो ।
संघले चितवनको खेलकुद पुर्याएको योगदानको कदरको गर्दै सौराहामा आयोजित रेफ्री सेमिनारको अवसरमा ढकाललाई सम्मान गरेको हो । ढकाललाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, तेक्वान्दो संघ चितवनका अध्यक्ष शैलेश श्रेष्ठलगायतले नगदसहित सम्मान गरे ।