Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्ब रुपैयाँको कारोबार लक्ष्य

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्ब रुपैयाँको कारोबार लक्ष्य

images

इच्छाकामना न्युज

११, आषाढ २०८३
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्ब रुपैयाँको कारोबार लक्ष्य
images

काठमाडौं। नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रममा देशभर करिब ७५ लाख लिटर दही खपत हुने तथा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि, संस्कृति, परम्परा, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताउँदै धान उत्पादन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति, सामाजिक एकता र जीवनशैलीलाई पुस्तौंदेखि निरन्तरता दिँदै आएको बताए ।

उनले नेपाल सरकारद्वारा तय गरिएको ‘जनमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा सरकारी, सहकारी, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरूको सहकार्यमा दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

दाहालका अनुसार नेपाल डेरी एसोसिएसनले स्थापना कालदेखि नै दुग्ध क्षेत्रको विकास, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण तथा स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको छ। ‘दुग्ध क्षेत्र लाखौं किसान परिवारको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएको क्षेत्र भएकाले यसको दिगो विकास राष्ट्रिय अर्थतन्त्र, पोषण सुरक्षा तथा ग्रामीण समृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ,’ उनले भने।

उनले असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको जीवन्त उदाहरण भएको बताए। खेतमा कठिन श्रमपछि दही–चिउरा सेवन गर्ने चलनले कृषक समुदायलाई ऊर्जा प्रदान गर्नुका साथै श्रमप्रतिको सम्मान र सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ छ।

उनले पछिल्लो समय यस्ता परम्पराहरू क्रमशः हराउँदै गइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत नेपाली मौलिक संस्कृति, कृषि परम्परा र जीवनशैलीलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताए। उनले दही–चिउरा नेपाली मौलिक परिकार मात्र नभई पोषण र स्वास्थ्यका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण खाद्य संयोजन भएको बताए। उनका अनुसार मोहीले पाचन प्रक्रियामा सुधार गर्ने, शरीरलाई हाइड्रेट राख्ने, हड्डी तथा दाँतलाई बलियो बनाउने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तथा गर्मी मौसममा प्राकृतिक रूपमा शरीरलाई शीतलता प्रदान गर्ने गुण राख्छ।

दाहालले असार १५ को अवसरमा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा वृद्धि हुने र यसबाट दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था तथा दुग्ध उद्योगहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए। स्वदेशी उत्पादनको उपभोग बढ्दै जाँदा कृषि तथा दुग्ध क्षेत्रको दिगो विकास, किसानको आयवृद्धि र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

images
प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - १६:३३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology