तनहुँ । गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन यहाँका तीन वटा सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला कृषि कार्यालयका प्रमुख परशुराम अधिकारीले शनिबार संयुक्त रूपमा कृषकलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “अनुदान कार्यक्रमले उत्पादनमा वृद्धि भएको पाइएको छ, अझ धेरै उत्पादन गर्न किसानहरू लाग्नुहुनेमा म विश्वस्त छु ।”
रासस