Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

images

इच्छाकामना न्युज

३१, जेठ २०८३
अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण
images

देवघाट।अन्तर्राष्ट्रिय रक्तदाता दिवस २०८३ को अवसरमा देवघाटधाम जेसीज वर्ष २०२६ को आयोजनामा देवघाटमा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।  (आफ्नो रक्त समूह चिनौं, रक्तदानका लागि सधैं तयार रहौं) भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रम देवघाट धर्मार्थ अस्पतालमा सम्पन्न भएको हो। कार्यक्रम देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयअन्तर्गत स्वास्थ्य शाखाको सहयोगमा आयोजना गरिएको थियो।

720949952_978367274829887_7095423027252614620_n.jpg

कार्यक्रममा वेद वेदाङ्ग संस्कृत विद्यापीठका विद्यार्थी,देवघाटधाम जेसीजका पदाधिकारी तथा सदस्यहरू र स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा कुल १५० जनाको रक्त समूह परीक्षण गरिएको छ।

720874112_978367378163210_9142827263911323846_n.jpg

देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी देवेन्द्र सापकोटाले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले रक्त समूहको जानकारी प्रत्येक व्यक्तिका लागि आधारभूत स्वास्थ्य जानकारी भएको बताउनुभयो। आकस्मिक दुर्घटना, शल्यक्रिया वा अन्य स्वास्थ्य जटिलताका बेला सही समयमा रगत उपलब्ध हुनु जीवन रक्षाको प्रमुख आधार भएकाले सबै नागरिकले आफ्नो रक्त समूह थाहा पाउनु आवश्यक रहेको उहाँको भनाइ थियो।

723685815_978367281496553_3919111264623624876_n.jpg

उहाँले यस अभियानले रक्त समूह पहिचानसँगै रक्तदानप्रतिको सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै रक्तदानलाई मानव जीवन बचाउने महान् सामाजिक दायित्वका रूपमा उल्लेख गर्दै युवाहरूलाई रक्तदानका लागि प्रेरित गर्न तथा सुरक्षित रक्तदाता सञ्जाल निर्माणमा योगदान पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममार्फत सहभागीहरूलाई रक्त समूहको महत्व, आकस्मिक अवस्थाका लागि आवश्यक पूर्वतयारी तथा नियमित रक्तदानको आवश्यकता सम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई उपयोगी, समयसापेक्ष र समुदायको हितमा केन्द्रित पहलका रूपमा प्रशंसा गरेका थिए। देवघाटधाम जेसीजले स्वास्थ्य सचेतना अभिवृद्धि, रक्तदान संस्कृतिको विकास तथा जीवनरक्षक रक्तदाता सञ्जाल निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

images
प्रकाशित मिति :जेठ ३१, २०८३ आइतवार - १७:१३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology