Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउने महानगरको योजना

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउने महानगरको योजना

इच्छाकामना न्युज

३१, जेठ २०८३
काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउने महानगरको योजना

काठमाडौं।काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ।

images
आइतबार महानगरको १९ औँ अधिवेशनमा कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने विशेष रणनीति समेटिएका छन्। महानगरले काठमाडौंका मठ, मन्दिर, बहाल, बही, हिटी (ढुङ्गेधारा), पोखरी, गुम्बा र फल्चालगायतका प्राचीन संरचनाहरूको डिजिटल अभिलेखीकरण, मर्मत र जीर्णोद्धारमा जोड दिएको छ।

कार्यवाहक नगर प्रमुख डङ्गोलले भनिन्, ‘हाम्रो समृद्ध इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण नै पर्यटन विकासको मुख्य आधार हो । यी सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा थप व्यवस्थित र आकर्षक बनाउनेछौँ ।’महानगरले पर्यटन क्षेत्रलाई चलायमान बनाउन विभिन्न नवीन कार्यक्रमहरू अघि सारेको छ । प्राचीन बस्तीहरूमा होमस्टे सञ्चालन गर्न स्थानीयलाई प्रोत्साहन गरिनेछ । यसले स्थानीय संस्कृति र परिकारको स्वाद लिन चाहने पर्यटकहरूलाई नयाँ अनुभव प्रदान गर्ने नीति तथा कार्यक्रमा उल्लेख छ ।

विदेशी पाहुनाहरूलाई समेत आकर्षित गर्ने गरी ‘अन्तर्राष्ट्रिय काठमाडौँ फिल्म फेस्टिवल’ आयोजना गरिनेछ । साथै, परम्परागत खाना महोत्सव र कला प्रदर्शनी (एक्सपो) मार्फत काठमाडौँको मौलिक कला र शिल्पको विश्वव्यापी प्रचार गरिनेछ। अन्तर्राष्ट्रिय चलचित्र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन दिनेछ ।

इन्द्रजात्रा र सेतो मच्छिन्द्रनाथ जात्राजस्ता महत्त्वपूर्ण सांस्कृतिक जात्राहरूको मार्गमा सम्पदा–मैत्री फुटपाथ निर्माणमा महानगरले विशेष प्रोत्साहन गर्ने भएको छ। यस्तै, अमूर्त सांस्कृतिक सम्पदाहरू (जात्रा, पर्व, बाजा, सङ्गीत) लाई युनेस्कोको ‘आइसिएच’ सूचिमा समावेश गर्न पहल गर्ने योजना महानगरको छ । साथै, ‘येँ देय् सांस्कृतिक छें’ लाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।

महानगरले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महानगरले ‘स्वनिगः विश्वविद्यालय’ स्थापनाका लागि नेपाल सरकारसँग समन्वय गर्ने भएको छ । यसका साथै, सहरलाई थप सुन्दर र वातावरणमैत्री बनाउन ‘चराचुरुङ्गीमैत्री’ अभियानअन्तर्गत पानी पात्र स्थापना गरिने र ऐतिहासिक ढुङ्गेधारा तथा पोखरीहरूको संरक्षणमार्फत जल–पर्यटनको अवधारणालाई अगाडि बढाउने नीति लिएको छ ।

काठमाडौँ महानगरपालिकाले अघि सारेका यी कार्यक्रमहरूले सहरको मौलिक पहिचान जोगाउँदै आन्तरिक र बाह्य पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

 
 

images
प्रकाशित मिति :जेठ ३१, २०८३ आइतवार - १६:३१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology