Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रास्वपाले व्यवसायीसँग रकम तोकेर चन्दा मागेको पत्र सार्वजनिक

रास्वपाले व्यवसायीसँग रकम तोकेर चन्दा मागेको पत्र सार्वजनिक

images

इच्छाकामना न्युज

३१, जेठ २०८३
रास्वपाले व्यवसायीसँग रकम तोकेर चन्दा मागेको पत्र सार्वजनिक
images

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रूपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएपछि यस विषयले चर्चा पाएको हो । रास्वपाका कृष्णपुर-१ का वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रूपैयाँ चन्दा सहयोग मागिएको छ ।
 
पत्रमा उक्त निर्माण कम्पनीले विगतदेखि वडामा विभिन्न विकास निर्माणका काम गर्दै आएको र स्थानीय समुदायसँग समेत सहकार्य गर्दै आएको उल्लेख गरिएको छ। साथै पार्टीको असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आर्थिक स्रोत आवश्यक परेको जनाइएको छ।
सोही प्रयोजनका लागि कम्पनीसँग ३० हजार रुपैयाँ सहयोगको अपेक्षा गरिएको पत्रमा उल्लेख छ । रास्वपा वडा सभापति बोहराले भने अधिवेशनका लागि नभई सडक मर्मतका लागि आर्थिक सहयोग मागिएको बताए ।‘मैले सडक मर्मतका लागि सहयोग माग्दै साथीहरुमार्फत पत्र पठाएको थिए,’ उनले भने, ‘तर, पत्रमा उहाँहरूले अधिवेशनका लागि भन्दै लेखिदिनुभएको रहेछ । त्यो विषय थाहा पाउने बित्तिकै पत्र फिर्ता ल्याइसकेको छु ।’

images
प्रकाशित मिति :जेठ ३१, २०८३ आइतवार - १५:४४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology