Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

जन्मोत्सवको खर्च शिक्षा क्षेत्रमा, रिता परियारद्वारा ५० हजार रुपैयाँ सहयोग

जन्मोत्सवको खर्च शिक्षा क्षेत्रमा, रिता परियारद्वारा ५० हजार रुपैयाँ सहयोग

images

इच्छाकामना न्युज

३०, जेठ २०८३
जन्मोत्सवको खर्च शिक्षा क्षेत्रमा, रिता परियारद्वारा ५० हजार रुपैयाँ सहयोग
images

केपि कुमार जलन । आजभोलि जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च हुने गर्छ। तर एनआरएन नर्वेकी सह-कोषाध्यक्ष रिता परियार ले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउँदै समाजका अति विपन्न बालबालिकाको अनुहारमा मुस्कान ल्याउने प्रेरणादायी काम गर्नुभएको छ।

धनुषा जिल्लाको सबैला नगरपालिका–१२ बरकुरवा टोलस्थित दलित समुदायका अति विपन्न तथा असहाय बालबालिकाका लागि उहाँले करिब ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो। उक्त रकमबाट बालबालिकालाई एक महिनासम्म पुग्ने कापी, कलम तथा अन्य अध्ययन सामग्री वितरण गरिएको छ।

आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन संघर्ष गरिरहेका बालबालिकाका लागि यो सहयोग आशाको किरण बनेको छ। सामग्री प्राप्त गरेपछि बालबालिकाको अनुहारमा देखिएको खुसी र अभिभावकको आँखामा झल्किएको कृतज्ञताले कार्यक्रमलाई अझ भावुक बनाएको थियो।

रिता परियारले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा गरिब तथा असहाय बालबालिकाको शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो खुसी भएको बताउनुभयो। “शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो। बालबालिकाको उज्ज्वल भविष्यका लागि सानो भए पनि योगदान गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,” उहाँले भन्नुभयो।

हाल नर्वेमा बसोबास गर्दै आउनुभएकी परियारले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारीलाई निरन्तर निभाउँदै आउनुभएको छ। उहाँले विभिन्न समयमा आर्थिक, शैक्षिक तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ। विशेष कुरा त के छ भने, उहाँले हालसम्म ३०० भन्दा बढी सहयोग कार्यक्रम सम्पन्न गरिसक्नुभएको जानकारी दिनुभएको छ।

स्थानीयवासी तथा अभिभावकहरूले यस्तो सहयोगले विपन्न बालबालिकाको शिक्षामा ठूलो राहत पुगेको भन्दै रिता परियारप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनीहरूले विदेशमा रहेर पनि जन्मभूमिका गरिब तथा असहाय बालबालिकाको भविष्यप्रति देखाएको संवेदनशीलता अनुकरणीय रहेको बताएका छन्।

रिता परियारको यो उदाहरणीय कार्यले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवको रूपमा होइन, मानव सेवा, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको अभियान का रूपमा मनाउन सकिन्छ भन्ने सन्देश दिएको छ। उहाँको यो प्रेरणादायी कदमले समाजका अन्य व्यक्तिहरूलाई पनि सहयोग र सेवाको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :जेठ ३०, २०८३ शनिवार - १५:४७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology