Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

तीन वर्षे पच्यु खेगी प्रशिक्षण पूरा गरी सुजित र अनिस ल्हेंगे तमु सम्मानित

तीन वर्षे पच्यु खेगी प्रशिक्षण पूरा गरी सुजित र अनिस ल्हेंगे तमु सम्मानित

images

इच्छाकामना न्युज

३०, जेठ २०८३
तीन वर्षे पच्यु खेगी प्रशिक्षण पूरा गरी सुजित र अनिस ल्हेंगे तमु सम्मानित
images
पोखरा। तमु प्ये ल्हु संघले संखुवासभाको चिचिला गाउँपालिका–५ मत्स्यपोखरीका दुई युवा सुजित ल्हेंगे तमु र अनिस ल्हेंगे तमुलाई करिब तीन वर्ष लामो पच्यु खेगी प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेपछि शुक्रबार एक विशेष समारोहबीच विदाई तथा सम्मान गरेको छ।
 
वि.सं. २०७९ सालदेखि सञ्चालन गरिएको उक्त प्रशिक्षणको करिब डेढ वर्ष पोखरा–१२ चापापानीस्थित ल्हेंगे तमु परिवार नेपालका सल्लाहकार हाइसुवा टुक्ल्हेप्री तमुको निवासमा तथा करिब दुई वर्ष तमु प्ये ल्हु संघको केन्द्रीय खेगी भवनमा सञ्चालन गरिएको थियो।
 
कार्यक्रममा वक्ताहरूले नयाँ पुस्तामा तमु समुदायको मौलिक संस्कार, संस्कृति, धर्म तथा परम्पराको संरक्षण र पुस्तान्तरणका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए। उनीहरूले प्रशिक्षित पच्युहरूले प्राप्त ज्ञान र सीपलाई आफ्नो समुदाय तथा समाजको हितमा उपयोग गर्ने विश्वास व्यक्त गरे।
 
तमु प्ये ल्हु संघ र ल्हेंगे तमु परिवार नेपालले प्रशिक्षार्थी सुजित र अनिसलाई छुट्टाछुट्टै प्रमाणपत्रका साथै पच्युका लागि आवश्यक धार्मिक सामग्री प्रदान गरेका थिए। साथै, भविष्यमा समुदायमा खेगीहरूको आवश्यकता अनुसार यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।
 
कार्यक्रमका क्रममा तमु प्ये ल्हु संघकी संरक्षक तथा सफल महिला व्यवसायी इन्द्रमाया प्हच्यु तमुस्योले दुई थान जपमाला, दुई थान गलबन्दी, एक थान शंख, एक थान घण्टी तथा नगदसहित सम्मान गरेकी थिइन्। त्यसैगरी तमु प्ये ल्हु संघ परिवार पोखराले पनि फुलमाला र नगदसहित विदाई सम्मान गरेको थियो।
 
सुजित र अनिसलाई पच्यु खेगी प्रशिक्षण प्रदान गर्ने गुरुहरूमा बेलबहादुर ल्हेंगे तमु, चुम्रु ल्हेंगे तमु, नरबहादुर ल्हेंगे तमु र सुदिप ल्हेंगे तमु रहेका थिए। शुक्रबार आयोजित विदाई तथा सम्मान कार्यक्रमको अध्यक्षता तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओमबहादुर थिम्जे तमुले गरेका थिए। कार्यक्रममा ल्हेंगे तमु परिवार नेपालका अध्यक्ष चेतबहादुर ल्हेंगे तमुले सहजीकरण गरेका थिए भने सञ्चालन तमु प्ये ल्हु संघका महासचिव हर्क योज तमुले गरेका थिए।

images
प्रकाशित मिति :जेठ ३०, २०८३ शनिवार - ११:०४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology