Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

ठाडो भाकाकी गायिका हरिमाया गुरुङको मौलिक कौडा गीत ‘गोरखा ताकुकोट’ सार्वजनिक

ठाडो भाकाकी गायिका हरिमाया गुरुङको मौलिक कौडा गीत ‘गोरखा ताकुकोट’ सार्वजनिक

इच्छाकामना न्युज

२६, जेठ २०८३
ठाडो भाकाकी गायिका हरिमाया गुरुङको मौलिक कौडा गीत ‘गोरखा ताकुकोट’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी तथा ठाडो भाकाकी अग्रज गायिका हरिमाया गुरुङको नयाँ कौडा गीत ‘गोरखा को ताकुकोट’ सार्वजनिक भएको छ। गीत हरिमाया र इन्द्र गुरुङको पुरानो आवाज तथा सङ्कलनमा रहेको प्रचलित भाका हो, जसलाई २०५८/५९ सालतिर इन्द्र गुरुङ, हरिमाया गुरुङ तथा बीमा कुमारी दुराले गाएका थिए।

images

मौलिक भाकाको स्वाद कायम राख्दै यस गीतलाई नयाँ शैली र प्रस्तुतीकरणसहित पुनः निर्माण गरी सार्वजनिक गरिएको हो।गीतमा हरिमाया गुरुङ र पृथ्वी गुरुङको स्वर सुन्न सकिन्छ। गीतका शब्द चन्द्र परियारले लेखेका हुन् भने संगीत संयोजन सागर विरहीको छ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन राना र खुमन सिंह रानाले रेकर्डिस्टको भूमिका निभाएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्। गीतको म्युजिक भिडियो गोरखा दरबार संग्रहालयमा छायांकन गरिएको हो। भिडियोको निर्देशन दीपकोके गुरुङले गरेका हुन् भने कोरियोग्राफी कृतिका गुरुङले गरेकी हुन्। भिडियोमा राजु गुरुङ र सुमीत्रा गुरुङको अभिनय देख्न सकिन्छ।

यसैगरी, भिडियोको छायांकन विजय लामाले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्। गीतमा गोरखा र लमजुङ जिल्लाका ऐतिहासिक कोट तथा मौलिक संस्कृति समेट्ने प्रयास गरिएको गायिका हरिमाया गुरुङले बताएकी छन्।

images
प्रकाशित मिति :जेठ २६, २०८३ मंगलवार - १७:५४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology