Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सार्वजनिक कार्यक्रम मार्फत एमालेका नेपाल–खनाल पक्ष नेताहरुलाई बैठकमा आउन ओलीको आह्वान

सार्वजनिक कार्यक्रम मार्फत एमालेका नेपाल–खनाल पक्ष नेताहरुलाई बैठकमा आउन ओलीको आह्वान

images

पत्रपत्रिका

१, चैत्र २०७७
सार्वजनिक कार्यक्रम मार्फत एमालेका नेपाल–खनाल पक्ष नेताहरुलाई बैठकमा आउन ओलीको आह्वान
images

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूलाई सार्वजनिक कार्यक्रममार्फत बैठकमा आउन आह्वान गरेका छन् ।

‘प्रशस्त समय रहोस् भनेर ७ चैतलाई बैठक बोलाएको छु । यत्रोविधि टेलिभिजनले खिचेको छ, लाइभ दिइराखेको होला । सुनिनँ भन्न पाइनेछैन । ७ चैतमा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ आफ्नो समूहको अनेमसंघको कार्यक्रममा शनिबार ओलीले भने, ‘म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’

प्रधानमन्त्री ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नआएको भन्दै नेपाल–खनाल पक्षलाई व्यंग्य पनि गरे । ‘हिजो ९शुक्रबार० केन्द्रीय कमिटीको बैठक बस्यौँ, उहाँहरू आइपुग्नुभएन । पहिलेदेखि नै उहाँहरू आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ, पेरिसडाँडामा रुवाबासी गर्दै अदालतको फैसलापछि बिदावारी भएको थिए रे । अर्याल होटेलसम्म आइपुग्नुभएको छ, त्यहाँ एक–दुई रात वास बस्नुभएको भन्ने सुनियो । बैठकमा आइपुग्नुभएको छैन,’ उनले भने । नेपाल–खनाल पक्षले भने बैठकको खबरै नगरी एकलौटी निर्णय गरेको दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डसँग मिलेर इतर पक्षले कारबाही गरेकोमा पनि आक्रोश पोखे । ‘बाटाबाटामा अध्यक्षको पगरी बाँडेर हिँड्ने । म त अध्यक्ष भएँ पनि भने बाटाबाट । तपाईंहरूलाई अचम्म लाग्दैन ? मलाई त अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट पनि निकालियो । यिनले सक्ने हो भने के गर्दा रहेछन्, देख्नुभयो नि १’ उनले भने । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - ०८:०३:४५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology