Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?

सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?

इच्छाकामना न्युज

२२, जेठ २०८३
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
images

काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ ।

images
images

सार्वजनिक बिदाकै कारण सरकारी अस्पतालमा शनिबार र आइतबार ओपीडी सेवा बन्द हुँदा सोमबार बिरामीको चाप बढ्ने गरेको छ । बिरामीको चाप बढी हुँदा चिकित्सकहरूले बिरामीलाई पर्याप्त समयसमेत दिन पाएका छैनन् ।

देशकै सबैभन्दा जेठो अस्पताल वीर अस्पतालका उपसचिव हरी पंगेनीका अनुसार अस्पतालमा भिड कम होस् भन्ने उद्देश्यले टिकटमा कोटा प्रणाली हटाइएको छ । पंगेनीले भने, ‘अहिले सोमबार अलिक बढी, झन्डै चार हजार तीन सय जति सेवाग्राही आउनुहुन्छ । अघिपछि चार हजार जनाको हाराहारीमा उपचारका लागि आउनुहुन्छ । सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि ५ बजेसम्म ओपीडी सेवा दिन्छौँ ।’

पंगेनीले मुख्यतया बीमा सेवा लिनेको चाप भने बढेको बताए । निजी अस्पतालमा बीमा सेवा बन्द भएपछि वीर अस्पतालमा बीमा सेवा लिन आउनेको संख्या बढेको उनले जानकारी दिए । वीर अस्पतालमा प्रत्येक दिन बिहान साढे सातदेखि साढे तीन बजेसम्म ओपीडीको टिकट काट्ने व्यवस्था मिलाइएको छ । वीर अस्पतालमा सोमबार बाहेक अन्य दिन चार हजारको हाराहारीमा बिरामीहरू सेवा लिन आउने गर्छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइतबार अत्यावश्यक ओपीडी सेवा सञ्चालन गरेको छ । अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले रेबिज विरुद्धको सुई लगाउन आइतबार अत्यावश्यक ओपीडी सेवा सञ्चालनमा ल्याइएको बताए ।

डा.बास्तोलाले आइतबारमात्रै आठ सयको हाराहारीमा रेबिज विरुद्धको सुई लगाउन आउने गरेको जानकारी दिए । उनले भने, ‘आइतबार आउने बिरामीहरूलाई राउण्ड हेर्ने चिकित्सकहरूले निगरानी गर्नुहुन्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक झन्डै एक हजार तीन सय बिरामीहरू उपचार सेवाका लागि आउने गर्छन् ।

ट्रमा सेन्टरमा सरदर दैनिक ३८५ सेवाग्राही जाने गर्छन् । ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले बिरामीको चापलाई व्यवस्थापन गर्न भएको जनशक्तिलाई समुचित परिचालन गरिएको बताए । उनले भने, ओभरलोडेड त भएको छ, तर भएको जनशक्तिलाई समुचित रूपमा उपयोगमा ल्याएका छौँ ।’

निजामती कर्मचारी अस्पतालले हाल एक चिकित्सकलाई दैनिक ३५ जना नयाँ बिरामीलाई हेर्ने जिम्मेवारी दिएको छ । विगतमा ३० जना हेर्ने गरेकोमा हाल ३५ जना पुर्‍याएको अस्पतालका सूचना अधिकारी रञ्जना नेपालले जानकारी दिइन् । नेपालले भनिन्, ‘बिहान ७ बजेदेखि दिउँसो साढे २ बजेसम्म जनरल टिकट काट्न सकिन्छ । त्यसपछि साढे २ बजेदेखि पेइङ टिकट काट्ने व्यवस्था मिलाएका छौँ ।’

हप्ताको दुई दिन सार्वजनिक बिदाको नीति अनुरुप अर्को निर्णय नभएसम्म शनिबार र आइतबार ओपीडी सेवा बन्द रहने र अन्तरङ्ग तथा आकस्मिक सेवा यथावत सञ्चालन रहेको बताएको छ ।

नेपालले भनिन्, ‘शनिबार र आइतबारको सार्वजनिक बिदा बाहेक अन्य दिन एकदमै न्यून बिदा हुन्छ । त्यो बेला सेवाग्राहीहरू एकदमै न्यून आउनुहुन्छ ।’

निजामती अस्पतालमा दैनिक एक हजारदेखि एक हजार एक सय बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

ट्रमा सेन्टरमा सरदर दैनिक ३८५ सेवाग्राही जाने गर्छन् । ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले बिरामीको चापलाई व्यवस्थापन गर्न भएको जनशक्तिलाई समुचित परिचालन गरिएको बताए । उनले भने, ओभरलोडेड त भएको छ, तर भएको जनशक्तिलाई समुचित रूपमा उपयोगमा ल्याएका छौँ ।’

ट्रमाले बिहान ९ बजेदेखि ५ बजेसम्म सेवा दिँदै आएको छ । दुई दिन ओपीडी सेवा बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता थप विस्तार गर्ने बताएको छ ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले गत वैशाख ४ गते सूचना जारी गर्दै भनेको थियो, ‘शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदाको नीति अनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरङ्ग र आकस्मिक सेवाहरू सधैँझै २४ सै घण्टा सुचारु रहने जानकारी गराइन्छ ।’

मन्त्रालयले बिदाका दिनमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न निर्देशन दिएको थियो । यद्यपि अहिले पनि अस्पतालहरूमा बिरामीले सहज तरिकाले सेवा पाउन सकिरहेका छैनन् । 

images
प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - ०७:५९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology