Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

साफ महिला च्याम्पियनसीपः बंगलादेशसंग हार्‍यो नेपाल

साफ महिला च्याम्पियनसीपः बंगलादेशसंग हार्‍यो नेपाल

इच्छाकामना न्युज

२०, जेठ २०८३
साफ महिला च्याम्पियनसीपः बंगलादेशसंग हार्‍यो नेपाल
images

चितवन । बंगलादेशसंग पराजित हुँदै नेपाल साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा पुग्न असफल भएको छ ।बुधबार भारतको गोवामा बंगलोदशले नेपाललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान तय गर्‍यो । दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो ।

images
images
दोस्रो हाफको अतिरिक्त समयमा सागोरिकाले गोल गरेपछि बंगलादेशले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो । खेल अतिरिक्त समयमा अग्रसर रहेका बेला सागोरिकाले गोल गरेकी हुन् ।

दोस्रो हाफको इन्ज्युरी समयमा रितु पोर्नाचक्माले बंगलादेशका लागि बराबरी गोल फर्काएकी थिइन् । नेपालले गीता रानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा गीताले २३ औं मिनेटमा गोल गरेकी हुन् ।

 
 

images
प्रकाशित मिति :जेठ २०, २०८३ बुधवार - १८:५१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology