Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

महोत्तरीमा विद्यालय हिँडेका बालक सात दिनदेखि बेपत्ता

महोत्तरीमा विद्यालय हिँडेका बालक सात दिनदेखि बेपत्ता

images

इच्छाकामना न्युज

१३, जेठ २०८३
महोत्तरीमा विद्यालय हिँडेका बालक सात दिनदेखि बेपत्ता
images
जलेश्वर।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् ।
 
गौतम जेठ ७ गते बिहान करिब ६ः०० बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल गएका थिए । गौतम यादव थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनमाया यादवका छोरा हुन् ।
 
विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयबाट जवाफ आएको थियो ।
 
 बुवा आशुतोष र आमा पुनमले आफ्नो छोरा विगत सात दिनदेखि बेपत्ता रहेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेपछि उनी अपहरणमा परेको वा बेचिएको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका छन् ।

images
प्रकाशित मिति :जेठ १३, २०८३ बुधवार - १३:४९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology