Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना जेसीजद्वारा बृहत रक्तदान कार्यक्रम,५५ जनाले गरे रक्तदान

इच्छाकामना जेसीजद्वारा बृहत रक्तदान कार्यक्रम,५५ जनाले गरे रक्तदान

images

इच्छाकामना न्युज

११, जेठ २०८३
इच्छाकामना जेसीजद्वारा बृहत रक्तदान कार्यक्रम,५५ जनाले गरे रक्तदान
images

मुग्लिन । इच्छाकामना जेसीजको आयोजनामा मुग्लिनमा "बृहत् रक्तदान कार्यक्रम" सम्पन्न भएको छ। मानविय सेवा र हालको समयमा बढिरहेको रगतको अभावलाई मध्येनजर गर्दै जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

702996395_27198642686420796_8204322143430853729_n.jpg

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य तारा गुरुङले रक्तदान मानवको जीवन बचाउने एउटा महान कार्य रहेको हुदाँ यस्ता सामाजिक कार्यक्रमले समाजमा सहयोग,मानवता र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै उहाँले “रक्तदान जीवनदान हो” भन्दै सबै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न प्रेरित समेत गर्नुभयो। कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका सुरक्षाकर्मीहरू,स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक सहभागीताका साथमा ५५ जनाले रक्तदान गरेका थिए।

707030469_27198641963087535_2303815103095474049_n.jpg

साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै रक्तदाताहरू, स्वयंसेवकहरू,सुरक्षाकर्मीहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग तथा प्रायोजन गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई सँस्थाकी अध्यक्ष जेसी रन्जितता सिलवालले हार्दिक आभार प्रकट गरेका थिए ।

images
प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - १६:५०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology