Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

विवादका बिच बक्स अफिसमा बलियो ‘लालीबजार’ : ५ करोडभन्दा बढीको व्यापार

विवादका बिच बक्स अफिसमा बलियो ‘लालीबजार’ : ५ करोडभन्दा बढीको व्यापार

images
विवादका बिच बक्स अफिसमा बलियो ‘लालीबजार’ : ५ करोडभन्दा बढीको व्यापार
images

काठमाडौँ । विवादका कारण चर्चामा रहन सफल नेपाली फिल्म ‘लालीबजार’ शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । 

गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११:५९ बजेसम्ममा उक्त ग्रस कलेक्सन गरेको हो ।

निर्माता खत्रीले फिल्मले नेपालभर पाइरहेको माया आफूहरूका लागि अमूल्य रहेको बताएका छन् । आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्साइएको यो फिल्मलाई आम दर्शकले राम्रोसँग बुझेको उनको भनाइ छ । ‘अहिले विदेशमा रहेका छोराछोरीले फिल्म हेर्न आफ्ना अभिभावकलाई पठाएका छन्, स्वदेशमै रहेका छोरीहरूले आमालाई लिएर हल आइरहनुभएको छ, हामीलाई विश्वास गरेर आउनुभएका दर्शक सन्तुष्ट भएर फर्किनुभएको छ, त्यो हाम्रो ठुलो सफलता हो,’ निर्माता खत्रीले भने । उनले प्रदर्शनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी समेत दिए ।
नेपालभरका प्रमुख सहरमा पुगेर दर्शक भेटेर फर्किएकी अभिनेत्री स्वस्तिमा खड्काले देशभर नै दर्शकको माया उस्तै रहेको र फिल्म पूर्व होस् वा पश्चिम सबैतिरका दर्शकलाई मन परेको बताएकी छन् । ‘नेपालभर दर्शकले दिनुभएको मायाले कृतज्ञ छौँ, देशभर फिल्मलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो, अब यो विकेन्डमा भने हामी काठमाडौँ उपत्यकाका दर्शकलाई भेटघाट गर्नेछौँ र प्रतिक्रिया लिनेछौँ,’ अभिनेत्री खड्काले भनिन् ।
‘लालीबजार’ लाई पछिल्लो समय विभिन्न विद्यालयले आफ्ना विद्यार्थीहरूलाई देखाउन थालेका छन् । काठमाडौँसँगै मोफसलका केही हलमा विद्यार्थीलाई विद्यालय आफैँले हलमा ल्याएर फिल्म देखाउन थालेका हुन् । बिहीबार मात्र नेपालगन्जको सिने रोयलमा ६ सयको हाराहारीमा विद्यार्थीले फिल्म हेरेका थिए । दिनभरकै शोमा विद्यार्थीको आगमन भएपछि फिल्मका नवकलाकार विशाल देवकोटा, प्रशंसा सुवेदी र समाइरा थापा उनीहरूलाई भेटघाट गर्न हलमै पुगेका थिए । आज शुक्रबार पनि केही विद्यालयका विद्यार्थीले फिल्म हेर्ने स्थानीय प्रदर्शकहरूले जनाएका छन् ।
 
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
 

images
प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - ११:५४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology