Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

सुन र चाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

images
सुन र चाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८८५ रुपैयाँ कायम गरिएको छ । बुधबार भने २ लाख ५० हजार ३४० रुपैयाँ रहेको थियो।
 

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको छ। 

महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३० रुपैयाँ तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा आउने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ। 

images
प्रकाशित मिति :जेठ ७, २०८३ बिहिवार - ११:३४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology