Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रतिपक्षको आलोचनापछि अर्थमन्त्री वाग्लेको काउन्टर : अर्को चुनाव कुर्नु

प्रतिपक्षको आलोचनापछि अर्थमन्त्री वाग्लेको काउन्टर : अर्को चुनाव कुर्नु

images
प्रतिपक्षको आलोचनापछि अर्थमन्त्री वाग्लेको काउन्टर : अर्को चुनाव कुर्नु
images

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा, शैली र दस्ताबेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि उठाएका विभिन्न जिज्ञासा एवं आलोचनाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले स्पष्ट रूपमा अनुमोदन गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचा पत्रलाई नै मुख्य आधार बनाएर सरकारले आफ्नो नीति, कार्यक्रम तथा विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको उल्लेख गरे । उनले यस सरकारी दस्ताबेजलाई विपक्षी दलहरूले आफ्नो अनुकूल बनाउन खोज्नु राजनीतिक रूपमा अमिल्दो हुने भन्दै त्यसका लागि अर्को निर्वाचन कुर्नुको विकल्प नरहेको प्रस्ट पारे । सरकार सधैँ जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार अनुसार नै दृढताका साथ अघि बढिरहेको जिकिर पनि उनले गरे ।

प्रतिपक्षका प्रश्नहरूको संसद्‌मा सामना गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो । किनकि हामीले निर्वाचन लड्नु भन्दा अगाडि रूपान्तरणका सय आधारहरू भनेर बाचा पत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्ग चित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला ।’

अर्थमन्त्री वाग्लेले सरकारले मुलुकको विकास र शासकीय सुधारका हरेक मार्गचित्रहरू पनि जनताको भावना र म्यान्डेट अनुसार नै अघि बढाएको दाबी गरे । संसद्‌मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि रचनात्मक सुझाव आउनु सकारात्मक भए पनि दलीय स्वार्थका आधारमा गरिने विरोधको कुनै अर्थ नरहने उनको भनाइ थियो । 
चालू आर्थिक वर्षका बाँकी कामहरूलाई पूर्णता दिँदै आगामी बजेटले देशको अर्थतन्त्रलाई सही दिशामा डोर्‍याउने र सुशासन कायम गर्ने कुरामा उनले जोड दिएका छन् ।

images
प्रकाशित मिति :जेठ ५, २०८३ मंगलवार - १७:०५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology