काठमाडौँ । गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव राकेश गुरुङ मनोनीत हुनुभएको छ ।
मन्त्रालयको २०८३ जेठ ४ गतेको मन्त्रीस्तरीय निर्णयबाट उहाँ सो पदमा मनोनयन हुनुभएको हो । ‘‘गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि यहाँलाई गोरखापत्र संस्थानको सञ्चालक समितिको सदस्य पदमा मनोनयन’’ गरिएको मन्त्रालयको पत्रमा उल्लेख छ ।