काठमाडौं।
खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा। लि। द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
साथै, विभागले महानिर्देशकको निर्देशनअनुसार सोही ऐनको उपदफा (४) बमोजिम उक्त ब्याचको आइसक्रिम बिक्री वितरण नगर्न र नगराउन समेत सम्बन्धित उत्पादक तथा विक्रेताहरूलाई कडा निर्देशन दिएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा जारी गरिएको यस आदेशको उल्लंघन गरी उक्त हानिकारक खाद्य पदार्थ बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत अवगत गराइएको छ ।