Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनीघाट रोराङ–५ पूर्ण खोप वडा घोषणा, दिगोपनामा जोड

धादिङको बेनीघाट रोराङ–५ पूर्ण खोप वडा घोषणा, दिगोपनामा जोड

इच्छाकामना न्युज

२८, बैशाख २०८३
धादिङको बेनीघाट रोराङ–५ पूर्ण खोप वडा घोषणा, दिगोपनामा जोड
images

धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता  : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आइतबार आयोजित कार्यक्रममा वडालाई पूर्ण खोपयुक्त घोषणा गर्दै यसको दिगोपना सुनिश्चिततामा जोड दिइएको हो।

images
images

कार्यक्रम वडा अध्यक्ष रोशन कुमार सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो। सिलवाल बेनीघाट आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक समेत हुन्।

कार्यक्रममा वडा खोप समन्वय समितिका पदाधिकारी, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, पोषण स्वास्थ्य स्वयंसेवक, वडा सदस्य, स्थानीय शिक्षक, बुद्धिजीवी, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्वास्थ्य आमा समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पूर्ण खोप अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय स्रोत, जनसहभागिता र समुदायको स्वामित्व महत्वपूर्ण हुने बताएका थिए। साथै, बालबालिकालाई समयमै सबै खोप उपलब्ध गराई स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

images
प्रकाशित मिति :बैशाख २८, २०८३ सोमवार - ०९:४५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology