Logo

बुधवार, मंसिर ३ गते २०८३

images
२०८३, मंसिर ३ गते
images

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी

images

एजेन्सी

१३, बैशाख २०८३
नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी
images

काठमाडौँ 

संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन थालेका छन् । शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् । 

तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घर बाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन पुगेका छन् ।


‘काठमाडौँमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको पाइएको छ । हामीले अब तपाँई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति पनि छैन । त्यही भएर नाम चाहिँ टिपेका छौँ,’ रंगशालामा रहेका एक कर्मचारीले भने ।
 
उनका अनुसार वास्तविक सुकुमबासी पहिचान र परीक्षण हुने भएकोले अहिले नै हो, होइन भन्ने अवस्था नरहेकोले सोचेभन्दा धेरै सुकुमबासीहरु रंगशालामा पुगेका छन् ।

images
प्रकाशित मिति :बैशाख १३, २०८३ आइतवार - १६:४३:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology