Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपा सचिवालय बैठक बस्दै : के छ एजेन्डा ?

रास्वपा सचिवालय बैठक बस्दै : के छ एजेन्डा ?

इच्छाकामना न्युज

६, बैशाख २०८३
रास्वपा सचिवालय बैठक बस्दै : के छ एजेन्डा ?
images

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।

images
images

बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।

यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने तयारी छ । बैंक खाता सञ्चालन सम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी समेत बाँडफाँट गर्ने बताइएको छ । यसबाहेक आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापनका विषयमा बैठकले निर्णय लिनेछ ।

images
प्रकाशित मिति :बैशाख ६, २०८३ आइतवार - ०८:०७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology