Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटाले मनायो २२औँ स्थापना दिवस

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटाले मनायो २२औँ स्थापना दिवस

इच्छाकामना न्युज

३, बैशाख २०८३
सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटाले मनायो २२औँ स्थापना दिवस
images

कुरिनटार । सशस्त्र प्रहरी बल,नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय,कुरिनटाले २२औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाइएको हो । 

images
images

कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च पदाधिकारी,विभिन्न सुरक्षा निकायका प्रतिनिधि,स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो। उक्त अवसरमा शिक्षालयको स्थापना र विकासक्रमबारे जानकारी गराउँदै यसको भूमिका विपद् उद्धार तथा जोखिम न्यूनीकरणमा महत्वपूर्ण रहेको उल्लेख गरिएको थियो। शिक्षालय चितवनको इच्छाकामना गाउँपालिका–४,कुरिनटारमा अवस्थित छ।

शिक्षालय,ले आर्थिक वर्ष २०६८ सालदेखि हालसम्म विभिन्न प्रकारका ३९३ वटा विपद्का घटनामा सक्रिय रूपमा उद्धार कार्य सञ्चालन गरेको जनाएको छ।उपलब्ध तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी १८३ वटा सडक दुर्घटनामा उद्धार कार्य गरिएको छ। त्यसैगरी १३ वटा पहिरो, १६७ वटा नदीजन्य घटना, १२ वटा आगलागी र १८ वटा अन्य घटनामा पनि टोली परिचालन गरिएको शिक्षालयले जनाएको छ।उक्त घटनाहरूमा कुल ६५१२ पटक फौज परिचालन गरिएको थियो। उद्धार कार्यका क्रममा १००७ जना व्यक्तिलाई जीवित उद्धार गरिएको छ भने ४२१ जना मृतकको शवसमेत रिकभर गरिएको जानकारी दिइएको छ।

apf21776308711.jpg
सहभागीहरूले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको योगदानको प्रशंसा गरेका थिए।प्रमुख अतिथि महानिरीक्षक अर्यालले सीमित स्रोत साधनका बाबजुत पनि सशस्त्र प्रहरीले देश र नागरिकको सुरक्षामा महत्वपूर्णभूमिका निर्वाह गरिरहेको बताउनुभयो।साथै उहाँले सशस्त्र प्रहरी बल तालिम शिक्षालय कुरिनटारले संगठनको गरिमा उच्च बनाएको बताउनुभयो।यहाँबाट तालिम प्राप्त जनशक्तिले देशभरका विभिन्न विपद् परिस्थितिहरुमा उच्च व्यवसायिकता साहस र समर्पणका साथ कार्य गर्दै संगठनको गरिमा उच्च बनाएको उहाँको भनाई छ ।  गोतार भन्न वितिकै कुरिनटार सम्झिने गरेको र यसलाई  राष्ट्रिय स्तरमा ब्राण्डको रुपमा विकास गरिने बताउनुभयो । 
यस अवसरमा कार्यक्रममा सम्मान तथा पुरस्कारहरु वितरणका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो । 

images
प्रकाशित मिति :बैशाख ३, २०८३ बिहिवार - ०९:११:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology