चितवनको इच्छाकामना गाउँपालिकाले शैक्षिक सत्र २०८३ को भर्ना अभियान सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु गर्न र २१ गतेबाट मात्र पठनपाठन सुचारु गर्न निर्देशन दिए पनि इच्छाकामना गाउँपालिकाले भने आजदेखि नै भर्ना अभियान सुरु गरेका हुन् ।
गाउँपालिकाले आजदेखि ७ गते सम्म भर्ना अभियान र ८ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने जनाएको छ । तर सङ्घीय सरकारले भने १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्न निर्देशन दिएका छन् ।
गउँपालिकाले नेपालको संविधान तथा प्रचलित कानुन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहमा रहेकोले गाउँपालिका शिक्षा समिति र सरोकारवालाहरुको निर्णय अनुसार गाउँपालिकाको शैक्षिक क्यालेण्डर बमोजिम सामुदायिक तथा संस्थागत विद्यालयमा आज वैशाख २ गतदेखि भर्ना ७ गते सम्म भर्ना अभियान सञ्चालन गर्ने र ८ गतेबाट पठनपाठन सुरु गर्ने भएको हो ।
